तनहुँमा पहिरो: २ जना अझै बेपत्ता, स्थानियसंगै सेना र एक्साभेटर लगाएर खोजि जारी (फोटो/भिडियो)

तनहुँमा पहिरो: २ जना अझै बेपत्ता, स्थानियसंगै सेना र एक्साभेटर लगाएर खोजि जारी (फोटो/भिडियो)

Odre Vyas-11 Pahiro1

किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका-९ माँझफाट र व्यास-११ ओडारेमा आइतबार रातिदेखि परेको बर्षाका कारण गएको पहिरोमा परी बेपत्ता हुनेको खोजी जारी रहेको छ ।

पहिरोमा पुरिएर २ जना अझै बेपत्ता भएका छन् । आज मंगलबार बिहानदेखि नै खोजि जारी रहेको व्यास-९ का वडाअध्यक्ष सुरेश थापाले जानकारी दिए । उनले भने ‘बिहानै देखि स्थानिय, सेना र एकसाभेटर लगाएर बेपत्ताको खोजि भईरहेको छ ।’

व्यास-११ ओडारेमा पनि एउटा एक्साभेटर र एउटा जेसिबी प्रयोग गरेर बेपत्ताको खोजि भईरहेको व्यास-११ का वडाअध्यक्ष निर बहादुर खड्काले जानकारी दिए । ‘बिहानैदेखि खोजि भईरहेको छ ।’ वडाअध्यक्ष खड्काले भने ‘तर, अहिलेसम्म भेटाउन सकिएको छैन ।’

व्यास- ९ माझफाटका २० वर्षीय राजेश थापा र व्यास-११ ओडारेका ४५ वर्षीय पदम चेपाङ्ग पहिरोमा परेर हराइरहेका छन् । हिलो र भिरालो जमिन भएकाले बेपत्ताको खोजीमा समस्या भएको स्थानीय बासिन्दाले बताए ।

हेर्नुस भिडियो रिपोर्ट :

हिजो सोमबार पनि बिहानदेखि स्थानिय, सेना र एक्साभेटर लगाएतले बेपत्ताको खोजीमा लागेका थिए । तर बेपत्तालाई सकिएको थिएन । आज पनि खोजि भईरहेको तर हराइरहेका फेला परेका छैनन् ।

आज बिहानैदेखि खोजी शुरु गरिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए । सदरमुकाम दमौली नजिक व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभन्जन गण (इ) बाट सेनाको टोलि संगै एक्साभेटर र जेसिबी प्रयोग गरेर खोजि कार्य जारी रहेको प्रजिअ अधिकारीले बताए ।

तनहुँका १० जनाले पहिरोमा परेर ज्यान गुमाए

तनहुँमा पहिरोले पुरिएर १० जनाले ज्यान गुमाएका छन् भने २ जना बेपत्ता छन् । त्यस्तै २ जना घाइतेको पोखरामा उपचार भईरहेको छ ।

तनहुँको म्याग्दे गाउँपालिकामा १ जना र व्यास नगरपालिकामा ४ जना, ऋषिङ गाउँपालिकामा ५ जना गरि अहिलेसम्म कुल १० जनाको मृत्यु भएको छ ।

त्यस्तै व्यास नगरपालिकाका २ जना बेपत्ता भएका छन । पहिरोमा परेर घाइते भएका २ जनाको पोखरामा उपचार भईरहेको छ ।

व्यास नगरपालिका–९ माझफाँटमा पनि पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय केशरबहादुर थापाको घर पहिरोले पुरिँदा उनकी श्रीमती ४० वर्षीया कमला, छोरा २४ वर्षीय मनोज थापा र बुहारी २१ वर्षीया अन्जना थापाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर घाइते ५० वर्षीय केशरबहादुर थापालाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । केशरबहादुर थापाका २० वर्षीय कान्छा छोरा राजेश थापा भने अझै बेपत्ता छन् ।

व्यास नगरपालिका–९ माझफाँटमै पहिरोले पुरिएर ७० वर्षीया मैतकुमारी घर्ती र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विकको निधन भएको छ ।

त्यस्तै व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदम चेपाङ पहिरोमा परेर बेपत्ता भएका छन् ।

त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाउदा एकै परिवारका पाँच जना मृत्यु भएको छ ।

राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले आन बहादुर थापाको घर बगाएको हो । पहिरोमा परि थापाका दुई छोरा, दुई बुहारी र एक नातिनीको मृत्यु भएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरो

उनका अनुसार आन बहादुर थापाका साहिँला छाेरा ३० वर्षीय भेषबहादुर थापा, २७ वर्षिया बुहारी नानुमाया थापा, ६ वर्षिया नातिनी छाेरी अमिषा थापा, कान्छा छाेरा २२ वर्षीय महादेव थापा र कान्छी बुहारी १९ वर्षिया मनिसरा थापाको मृत्यु भएको गाउँपालिका अध्यक्ष श्रेष्ठ जानकारी दिए ।

ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरो

घाइते आन बहादुर थापाकी श्रीमती ५८ वर्षिया ज्योती थापाको हात भाँचिएर उपचारको लागि पोखरा पठाईएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तनहुँमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ जना अझै बेपत्ता (अपडेट)

तनहुँका २ सहित गण्डकी प्रदेशमा थपिए ७ जना कोरोना संक्रमित, कुल संक्रमित ११९९ पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ