एक टिभी कार्यक्रममा दिएको अन्तर्वार्तामा अग्रज कलाकार राजेश हमाल प्रति कलाकार एवं निर्देशक दीपा श्री निरौलाले दिएको प्रतिक्रियाले अहिले दीपा विवादमा छिन् । उनको चर्को आलोचना भइरहेको छ । उनको प्रस्तुतिमा कमजोरी देखिएपनि आशय गलत नभएको प्रतिक्रिया पनि आइरहेका छन् । यसै क्रममा दीपाकै टीमका महत्वपूर्ण सदस्य सबैका प्रिय कलाकार केदार घिमिरे माग्नेबुढाले पनि आफ्नो भनाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
आदरणीय दर्शकलाई मेरो अनुरोध । बिगत केही दिनदेखि निरन्तर रुपमा निर्देशक र कलाकार दिपा दिदीमाथि तल्लो स्तरका गालीगलौज् भइरहेका छन्। हो, दिदीको गल्ती थियो, माफि पनि मागी सक्नुभयो। म पनि महानायक राजेश दादासँग ब्यक्तिगत रुपमा माफी माग्दछु।
कुन गल्तिको सजाय कति भन्ने पनि त होला नि। छिमेकीको बच्चाले सागबारी कुल्चेछ, खुट्टा भांचेर पठाइदिनेत ? दिपा दिदीको पेटमा पाप छैन, तर जिब्रो चिप्लेको चाहिँ पक्कै हो। अघिपछी राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे,त्यो दिन दिदीको ठुलै दशा रैछ। उहाँ मनको दयालु हुनुहुन्छ, बर्षेनी १५ जना गरीब बच्चाहरुको स्कुल फि तिरिदिनुहुन्छ । कोही कलाकार प्राबिधिकको दुखमा पुगीहाल्नुहुन्छ, भलै बैगुण पनि होलान् ।
गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् । अर्को कुरा, केहि गल्ति नहुंदा पनि ूछ माया छपक्कैू को ट्रेलर रिलिज हुॅदा सुरुमै करिब १२ सय नेगेटिभ कमेन्ट आए, (यिनीहरुको फिल्म् फ्लप् भैहालोस्ू, जोकरहरुको फिल्म कसले हेर्छ र ? आदी इत्यादि। (यहि कारणले म झण्डै दोश्रोपटक डिप्रेशनमा गएको थिएँ) बर्ष भरि मेहनत गरेर बनाएको फिल्म फ्लप् हुंदा कुन तत्वलाईं फाईदा पुग्दोरैछ ? मैले अहिले सम्म बुझ्न सकेको छैन ।
त्यो तत्व (जो फेक आईडीसहित कमेन्टमा हाजिर हुन्छ) संग सम्बन्धित ब्यक्तिलाई त मेरो भन्नु केही छैन, जो साँच्चै भगवान् जस्ता दर्शक हुनुहुन्छ, कृपया आलोचना नै गर्नुपरे पनि सभ्य तरिकाले गरिदिनुहोला भनि अनुरोध गर्दछु । छक्कापञ्जा टिमबाट माग्ने निकालौं भन्ने कुरा पनि आएको रैछ, हाम्रो टिममा सबै लेखक निर्देशक छौं, आफै आफैं छुट्टै चलचित्र पनि बनाउन सक्छौं,तर छुट्टा छुट्टै चलचित्र बनाउंदा कमजोर नबनोस्,हलमा आएका दर्शक निरास भएर नफर्किउन् भनेर एक आपसमा मिल्छौं।
नेपाली चलचित्रमा सबै कुरा अन्तर्राष्ट्री स्तरको छ, एउटै कुराको कमी छ त्यो हो स्क्रिप्ट, त्यहि स्कृप्टको लागी अरु टिममा पनि धेरै धेरै साथिहरु एक आपसमा मिल्न जरुरी देखिन्छ। तपाईंहरुले मलाई ब्यक्तिगत् रुपमा गर्नुभएको अगाध् माया र स्नेह शिरमाराखेको छु। केही गल्ती लेखेको भए तपाई पनि माफ गरिदिनुहोला। जय माफ दिवस। जय नेपाली चलचित्र।
–फेसबुकबाट
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते