इटहरी, ११ माघ / मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लब इटहरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार सम्पन्न सेमिफाइनलमा मनाङले गरिफा स्र्पोटिङ क्लब, कोलकातालाई ३–० ले हराउँदै थ्रीस्टारसँगको फाइनल भिडन्त पक्का गरेको हो ।
बिहीबार इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा मनाङका लागि भर्खरै जापानबाट फर्किएका चर्चित फरवार्ड सन्तोष साहुखलले दुई गोल गरे । जापानबाट फर्केको केहि दिनमै घरेलु मैदानमा ओर्लेका पूर्व राष्ट्रिय खेलाडी सन्तोष साहुखलको प्रभावशाली प्रदर्शन रह्यो ।
शनिबार हुने फाइनलमा मनाङ ले रुस्लान थ्री स्टार क्लब को सामना गर्नेछ । त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा हराउँदै थ्री स्टार बुधबार फाइनलमा पुगेको थियो । पहिलो हाफ गोलरहित भए पनि मनाङले दोस्रो हाफमा तीन गोल थपेको थियो ।
खेलको ४४ औं मिनेटमा गरिफाका अबु बोकाईले रातो कार्ड पाउँदै मैदान छोडेपछि मनाङले त्यसको फाइदा उठाएको हो । उनले सन्तोषको टाउकैमा लात्तीले बजारेका थिए । हेर्नुहोस् भिडियो ।
https://www.facebook.com/gandaknews/videos/770634529795468/
सन्तोषले ४७ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । थ्री स्टारका पूर्व स्टार समेत रहेका सन्तोषले ६९ औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर पारे । विमल रानाले खेलको ७६ औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । सन्तोष खेलको म्यान अफ द म्याच चुनिए । उनले ट्रफी सहित नगद १० हजार प्राप्त गरे ।
यो वर्ष दुई नकआउट उपाधि जितेको मनाङको यो पाँचौं फाइनल हो । चितवनमा जेसिस कप जितेको मनाङले दुवही गोल्ड कपको उपाधि उचालेको थियो । टोली सताक्षी गोल्डकप र मेची नेत्रालय काकरभिट्टा गोल्डकप दुवैको फाइनलमा आर्मीसँग पराजित भएको थियो । यो महिनाको सुरुआतमा धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा पनि मनाङ आर्मीसँगै पराजित भएको थियो ।
राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ ।
This will close in 3 seconds
सम्बन्धित खबर
लामाचौर कप भलिबलमा पुरूषतर्फ पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट
लामाचौर कप भलिबलः महिला तर्फको उपाधि एपिएफलाई, न्यू डायमण्ड पराजित
लामाचौर कप भलिबलः डिफेन्डिङ च्याम्पियन गण्डकी सबैभन्दा कमजोर, गल्कोट तेस्रो
लामाचौर भलिबलः महिलातर्फ एभरेष्ट बुटवल तेस्रो, गण्डकी प्रदेश पराजित
प्रथम अन्तर क्लब ह्याण्डबलको उपाधि मनकामनालाई
सशस्त्रको एपीएफ महिला र पुरूष दुवैतर्फ फाइनलमा, न्यू डायमण्ड र पुलिससँग उपाधि प्रतिष्पर्धा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग