झोलुंगे पुलमाथि पानी आएपछि जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

झोलुंगे पुलमाथि पानी आएपछि जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

jholunge pool

तस्बिर :पदमबहादुर सिंह

बाजुरा – लगातारको वर्षाले बुढीगंगा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् ।

बुढीगंगा नदीले बाजुराको ताप्रीसेरा, तिपाडा, रापक अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौ पुल उच्च जोखिममा रहेका हुन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा छ ।

बुढीगंगा नदीको ताप्रीसेरामा रहेको झोलुंगे पुलभन्दा माथि पानी बग्न थालेपछि स्थानीय जोखिमपूर्ण यात्रा गरिरहेका छन् । स्थानीयले पुल पनि जीर्ण बन्दै गएकाले आवतजावत बन्द भएको बताए ।

त्यस्तै कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल वर्षाको समयमा जोखिम बन्ने गरेको छ । पुलको दुबैतिर रहेको पर्खालसमेत भत्किन थालेको छ । कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा रहेको स्थानीयको भनाइ छ ।

लगातारको पानीले पुल भन्दा माथि कर्णाली नदीको बहाव बढेपछि बाजुराका कर्णाली पारीको स्वामीकार्तिक खापर गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds