प्रदेश नं. ४ मा राष्ट्रिय सभाका लागि १२ जनाको उम्मेदवारी, को पर्लान् ८ जनाभित्र ?

प्रदेश नं. ४ मा राष्ट्रिय सभाका लागि १२ जनाको उम्मेदवारी, को पर्लान् ८ जनाभित्र ?

2

पोखरा, ११ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश नम्बर ४ बाट १२ जनाको मनोनयन दर्ता भएको छ ।

बिभिन्न चार पार्टीले आठ पदका लागि बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा मनोनयन दर्ता गरेका हुन् । मनोनयन दर्ता गर्नेमा काँग्रेस, एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा रहेका छन् । पोखराको उच्च अदालत स्थित क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा मनोनयन दर्ता गर्नेमा वाम गठबन्धनतर्फ एमालेबाट ४ र माओवादी केन्द्रबाट २ जनाको उम्मेदवारी परेको हो भने काँग्रेसबाट ४ जना र जनमोर्चाबाट २ जनाको उम्मेदवारी परेको हो ।

वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेशप्रसाद तिमिल्सिना (पर्वत), महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ), शान्ति अधिकारी (बागलुङ), अपांगतर्फ रामबहादुर थापा (स्याङ्जा), माओवादी केन्द्रबाट खुलातर्फ दीननाथ शर्मा (बागलुङ) र दलिततर्फ खिमकुमार बि.क. (स्याङ्जा) रहेका छन् । त्यसैगरी, काँग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे (गोरखा), महिलातर्फ विन्दा देवी रानामगर (कास्की), अपांगतर्फ प्रकाश पन्त (तनहँु) र दलिततर्फ जितबहादुर नेपाली (पर्वत) रहेका छन् ।

उता, राष्ट्रिय जनमोर्चाबाट खुलातर्फ कृष्ण अधिकारी (बागलुङ) र महिलातर्फ मीना पुन (बागलुङ) ले मनोनयन दर्ता गरेका छन् । बिहान १० बजेदेखि मनोनयन खुला गरिएको भए पनि दिउँसो २ बजेपछि मात्र दलहरुले उम्मेदवारी दर्ता गरेका हुन् । सुरुवातमा जनमोर्चाले मनोनयन दर्ता गरेकोमा क्रमशः वाम गठबन्धन र काँग्रेसले मनोनयन दिएका हुन् ।

प्रदेश ४ मा प्रदेश सदस्य र गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ३० जना मतदाता रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन यहि माघ २४ गते हुँदैछ ।

तस्विरः पोखरा न्युज डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ