‘फुटपाथ’ र ‘नो पार्क’मा राखेको बाइक फर्केर आउँदा गायब, दिनहुँ सयौं फन्दामा (भिडियोमा हेर्नुस् लफडा)

‘फुटपाथ’ र ‘नो पार्क’मा राखेको बाइक फर्केर आउँदा गायब, दिनहुँ सयौं फन्दामा (भिडियोमा हेर्नुस् लफडा)

Bike (2)

गण्डक न्युज पोखरा, ११ माघ / ट्राफिक प्रहरी कास्कीले सडक पेटी अवरोध गरी पार्किङ गरिएका मोटरसाईकल, नो पार्कमा राखिएका सवारी भटाभट उठाउन थालेको छ ।

पैदलयात्रुलाई हिडडुल गर्न गाह्रो भएको भन्दै महानगरसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालयले निर्देशन गरेपछि ट्राफिक प्रहरीले त्यस्ता मोटरसाईकल उठाएर लगेको हो । एकै दिनमा १९५ मोटसाईकल कारबाही गर्दा झण्डै २ लाख समेत राजश्व संकलन भएको सई शिव थापाले बताए ।

कास्कीका प्रहरी प्रमुख अशोक सिंहले ट्राफिक ब्यवस्थापन अन्तर्गत नै मोटरसाईकल नियन्त्रणमा लिएको बताए । उनले फुटपाथ कब्जा गरेर गरिएको अवैध ब्यापार पनि बन्द हुनुपर्ने बताएका छन् । ‘पहिलेको फुटपाथ ब्यापारी हटाएर सडकमा ब्यापार निषेध गरिएको पोखरामा अहिले ह्वात्तै बढेका छन्, उनले भने–हामीले महानगरसँगको समन्वयमा फुटपाथ क्लियर थालेका हौं । हामीले अवरोध गर्न लागेका होईनौं ।’

फुटपाथ क्लियर भन्दै घरअगाडीको मोटरसाईकल लगेको भन्दै ब्यापारीहरुले चाहीँ त्यसको विरोध गरेका छन् । उचित विकल्प नदिई अवरोध गर्न नपाईने भन्दै उनीहरु तत्काल विकल्प नदिए आन्दोनलमा जाने बताउँछन् । ‘लाखौं भाडा तिरेर ब्यापार गरेका छौं । पसल अगाडी ग्राहकले मोटरसाईकल रोक्छन्, उनीहरुले भने–यसरी प्रहरीले मोटरसाईकल उठाईदिने हो भने हाम्रो ब्यापार चौपट हुन्छ । विकल्प चाहियो ।’ हामी भिडियोमा समेत देख्न सक्छौं ।

https://www.facebook.com/gandaknews/videos/769442043248050/

महानगरले चाहीँ फुटपाथ ब्यवस्थापनका लागि सहकार्य गरिएको बताएको छ । पैदलयात्रुका लागि बनाइएको फुटपाथमा मोटरसाइकल तथा गाडी रोकेर कब्जा गरिएपछि धमाधम कारबाही थालिएको हो ।

‘पैदलयात्रु हिँड्नका लागि बनाइएको फुथपाथमा मोटरसाइकल तथा गाडी रोकेर कुरुप बनाइएपछि हामीले यो अभियान थालेका हौं,’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने । मोटरसाइकल तथा गाडीमात्रै होइन फुटपाथ कब्जा गरेर व्यापार गर्नेलाई समेत कडाइ गरिएको हो ।

महानगरको सिर्जनाचोक स्थित भवनमा रहेको अन्डरग्राउण्ड पार्किङ खुला गरेर पार्किङको ब्यवस्था मिलाउने मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । ‘फुटपाथको पार्किङले महानगरको सौन्दर्य नै गुमाईसक्यो । फुटपाथ क्लियर गर्ने महानगरको अभियान हो, उनले भने–नागरिकको सहजताका लागि आजैदेखि सिर्जनाचोकको अन्डरग्राउण्ड पार्किङ सर्वसाधारणका लागि खुला गरिनेछ ।’ यस्तै गणेशमान मार्गको पुर्वपट्टिको बाटो पनि खुला गर्ने निर्णय भैसकेको उनले बताए ।

पोखराका फुटपाथ सबैभन्दा बढी व्यवसायीबाट कब्जा हुने गरेको छ । अटो क्षेत्रको रुपमा चिनिएको नयाँ बजारमा सोरुमका मोटरसाइकल राख्न फुटपाथ प्रयोग गरिने गरिएको छ ।

मोटरसाइकल तथा गाडीका बिक्रेता, गाडीका ग्यारेज लगायतले नयाँबजारको फुटपाथ बढी कब्जा हुँदा प्रदलयात्रुले सास्ती खेप्पु परेको हो । न्युरोड, चिप्लेढुंगा, सभागृहचोक लगायतका क्षेत्रमा पनि निर्माण समाग्री तथा विभिन्न व्यावसायिक प्रतिष्ठानले फुटपाथ कब्जा गर्दा हैरानी खेप्नु परेको हो ।

अहिले फुटपाथमा रोक्ने सवारी साधनलाई प्रहरी र फुटपाथमा राखिएका सामाग्रीलाई महानगरले उठाउन थालेको हो ।
पोखरामा सडकका फुटपाथ साना व्यवसायीले व्यापार थलो बनाएपछि पोखरा उपमहानगरपालिकाले सडकबाट हटाएर ठाउँ तोकेर व्यवस्थापन गरेको थियो । अहिले फेरि फुटपाथमा साना व्यापारीले कब्जा जमाउन थालेका छन् ।

मिटरमा नचल्ने ट्याक्सीलाई पनि कारबाही

ट्याक्सी मिटरमा चलाउने पर्ने नियम उल्लंघन गर्नेमाथि पनि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले मिटरमा नचल्ने ट्याक्सीमाति दिनहुँ कारबाही गरिरहेको छ ।

पोखरामा केही दिनअघिमात्र ट्याक्सी मिटरमा चलाउने सहमति भए भएको थियो । तर, ट्याक्सी व्यवसायीले अटेरी गरिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ