नेपाल एयरलाइन्सका पाइलट र एयर होस्टेजसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल एयरलाइन्सका पाइलट र एयर होस्टेजसहित १४ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Airlines

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

विदेशबाट नेपाल फर्किएकाहरूको उद्धारमा खटिएका उनीहरूमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक पाइलट, दुई कोपाइलट र ११ एयर होस्टेज छन् ।

वायुसेवा निगमले ‘उद्धार उडान’का क्रममा स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पनि अपनाएको थियो । क्याविन क्रु मेम्बरहरूलाई सोल्टी होटलमा अलगै राखेको थियो ।

तर होटल बसाइका क्रममा कतिपय एकैठाउँमा भेला भएर बस्ने गरेको होटल स्रोतले बताएको छ । संक्रमितहरूलाई सोल्टी होटलमा नै आइसोलेट गरिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ