काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका २० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। यसैगरी बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ । २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा ४७२१ वटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते