धादिङ त्रिपुरा बाराही महिला समूह, पोखराको बधाई तथा पुनर्मिलन कार्यक्रम

धादिङ त्रिपुरा बाराही महिला समूह, पोखराको बधाई तथा पुनर्मिलन कार्यक्रम

Untitled

पोखरा, ११ माघ / धादिङ त्रिपुरा बाराही महिला समुह, पोखराको आयोजनामा पोखरा लेखनाथ १२ कार्कीडाँडामा बधाई तथा पुनर्मिलन कार्यक्रम बुधबार सम्पन्न भयो ।

धादिङबाट पोखरामा आई बिभिन्न पेसा व्याबसाय गरी बसोबास गरेका महिलाहरुले आफ्नो जन्मथलो छोडेर आउँदा पनि धादिङको अस्तित्व रहिरहोस् भन्ने हेतुले गठन गरिएको यो महिला समुहल हालै तेश्रो साधारण सभा र दोश्रो अधिवेशनबाट निर्वाचित धादिङ पोखरा लेकसाईड पारिवारिक समाजका सम्पूर्ण कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई अविर खादा लगाई स्वागत एवं बधाई दिएको हो । कार्यक्रममा ९० जना बढीले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले प्रदेश नं ४ का सदस्य एवं पर्यटन व्यवसायी देबका पहारीले समाज रुपान्तरणमा महिलाहरुको महत्वपुर्ण भुमिका रहने भएकोले सम्पुर्ण दिदीबहिनीहरुलाई समुहमा संगठित हुन आग्रह गरिन् ।
कार्यक्रमको अध्यक्षता समेत गरेकी कमला सापकोटाले धादिङका दिदिबहिनीहरु अरुको ठाउँमा रहँदा पनि आफन्त्व कायम रहिरहोस् भनी आफ्नो समुहले आफ्ना दिदिबहिनीहरुलाई परेको हरकिसिमका समस्याहरुमा सहयोग गर्ने बताईन् ।

धादिङ पोखरा लेकसाईड पारिवारिक समाजका अध्यक्ष ईश्वर कुमार श्रेष्ठले यस स्वागत एबं वधाई कार्यक्रमले जिम्मेवारी थप भएको बोध गराएको र महिला समुहमा आबद्व सदस्यहरु पनि एकै परिवारका सदस्य भएको उल्लेख गर्दै सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

समुहका द्वितिय उपाध्यक्ष बिमला लम्सालको स्बागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम संयोजक बिन्दा धरेल, सल्लाहकारहरु कृष्ण कुमार श्रेष्ठ, कृष्ण बहादुर लम्साल, साधारण सदस्य निर्मला घिमिरे लगायतले बोलेका थिए । कार्यक्रमको संचालन समूहकी सचिव बबिता मल्लले गरेकी थिईन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ