गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध: प्रहरीद्वारा अश्रुग्यास प्रहार

गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको विरोध: प्रहरीद्वारा अश्रुग्यास प्रहार

Gorkha Corona Death asur gas

गोरखा । गोरखामा कोरोनाका कारण शनिवार ज्यान गुमाएका पालुङटार–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमामा पर्ने लुदी खोला दोभानमा शव व्यवस्थापन गर्ने निर्णय गरे लगतै बिहानैदेखि स्थानीयहरु भेला भएर विरोध गरेका थिए । बस्ती नजिक परेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन् ।

नेपाली सेनाको शव व्यवस्थापन टोलीले शनिबार दिउँसो सहिद लखन गाउँपालिका–१ को लुदीखोला दोभानमा शव व्यावस्थापन गर्न लाग्दा स्थानीयले अवरोध गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

अहिले शव व्यवस्थापनको लागि खाल्डो खन्ने काम भइरहेको र केही समयपछि शव व्यवस्थापन गरिने स्थानीय राजेन्द्र न्यौपानेले बताए ।

उनले गोरखा नगरपालिकाभित्र खाली जमिन नभएपछि शहिद लखन गाउँपालिकाको लुदीखोला दोभानमा शव व्यवस्थापन गर्न लागिएको बताए ।

१० घण्टासम्म शव व्यवस्थापन हुन नसकेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नु परेको प्रहरीको भनाइ छ ।

कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनी मधुमेह पीडित थिए ।

गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

गोरखा अस्पतालमा पालुङटारका कोरोना संक्रमितको मृत्यु, गण्डकी प्रदेशमा मृतकको संख्या ३ पुग्यो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds