पोखरा । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ६ जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना नवलपरासीका छन् । देवचुली नगरपालिकाका २० देखि ३९ वर्ष उमेर समूहका ५ जना पुरुष तथा ३० र २५ वर्षका २ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको चितवनमा परीक्षण गरिएको थियो ।
त्यस्तै, कास्कीमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरका २७ र ३३ वर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
म्याग्दीमा ३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार रघुगंगा २ र मंगला गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङका २ जनामा कोरोना पुष्टि भएको छ । बरेङ र ढोरपाटन नगरपालिकाका ४२ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै स्याङ्जा र तनहुँमा १/१ जनामा कोरोना भेटिएको छ । कोरोना पुष्टि हुनेमा स्याङ्जा पुतलीबजारका ३८ वर्षीय र तनहुँ भिमादका ३६ वर्षीय पुरुष छन् ।
संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ७९ पुगेको छ । जसमध्ये ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको भएको छ ।
शनिबार विहान गोरखामा उपचाररत एक संक्रमितको मृत्यु भएसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको हो । प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय ९६ छ ।

सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की