तनहुँको शेखाटारमा मिक्स्चर चलाउदा करेन्ट लागेर महिलाको मृत्यु

तनहुँको शेखाटारमा मिक्स्चर चलाउदा करेन्ट लागेर महिलाको मृत्यु

current

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ शेखाटारमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५८ वर्षीया हेकुठिनी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरमा मिक्स्चर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी श्रेष्ठको उपचारका क्रममा रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकाारी दिए ।

उनको शव परिवारले लागिसकेको जिल्ला प्रहारी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds