गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाका कार्यालयहरु पाँच दिन अर्थात् (२१ गते) सम्मको लागि बन्द गरिएको छ ।
गाउँपालिकामा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि थप जोखिम बढ्न नदिन गाउँपालिकाका कार्यालयहरु पाँच दिनसम्म बन्द गरिएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
सूर्यज्योति मावि पाल्खु क्वारेन्टिनमा रहेका एक व्यक्तिमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गर्दा सोही क्वारेण्टिन रहेका एकजना र पालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अध्यक्ष भट्टले भने– ‘यसै सम्भावित जोखिम बढ्न नदिए स्वास्थ्य क्षेत्र बाहेक अन्य सेवाहरु पाँच दिनको लागि बन्द गरेका छौं।यसमा वडा कार्यालय,बित्तिय संस्था, बैक बन्द हुनेछन्।’
उनीहरुको सम्पर्कमा रहेकाहरुको यथासीघ्र कन्ट्याक ट्रेसिङका लागि पनि पहल भइरहेकोले यस विषम परिस्थितिलाई सामान्यीकरण गर्नका लागि धैर्यता,संयमता र सजगता अपनाउन समेत अध्यक्ष भट्टले सबैमा अनुरोध गरेका छन् ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते