तनहुँको व्यास नगरपालिकाकाे बजेट १ अर्ब ५२ कराेड ९७ लाख

तनहुँको व्यास नगरपालिकाकाे बजेट १ अर्ब ५२ कराेड ९७ लाख

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ५२ करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको ३३औं नगरसभा मार्फत नगरपालिकाका उपमेयर मिरा जोशीले आर्थिक वर्ष २०७७/०७८ का लागि अनुमानित बजेट पेस गरेकी हुन् ।

नगरपालिकाले पेस गरेको बजेट मध्ये आन्तरिक स्रोतबाट १६ करोड, संघ सरकारको सशर्त अनुदानबाट ५२ करोड ७७ लाख, राजस्व बाडफाडबाट ५ करोड, प्रदेश सरकारको विशेष अनुदानबाट १ करोड, संचित कोष अल्याबाट २० करोड ५६ लाख ६४ हजार रुपैयाँबाट व्यहोरिने उल्लेख छ ।

नगरपालिकाले गतवर्ष पूरा हुन नसकेका अधुरा योजनाहरु र निरन्तर क्रमा गत योजनाहरुमा २० करोड ८० लाख ८७ हजार विनियोजन गरेको छ ।

नगर र वडास्तरीय सडक आयोजनाका लागि १७ करोड ४३ लाख २५ हजार विनियोजन गरेको छ । जसमा मुख्य गरी खड्ककाली मार्ग लगाएत अन्य मार्गलाई विभिन्न अनुदानका कार्यक्रम समावेश रहेका छ्न ।

नगरपालिकाले कृषि सिंचाई तर्फ ५ करोड ५७ लाख विनियोजन गरि विभिन्न गरिएको छ ।

शिक्षा, युवा तथा खेलकुद तर्फ ४४ करोड ८३ विभिन्न कार्यक्रमहरुमा विनियोजन गरेको छ ।

सभामा उपमेयरले पेश गरेको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा चालुतर्फ ७२ करोड ४३ लाख ९ हजार २ सय ३५ रुपैयाँ र पुँजीगत तर्फ २५ करोड २३ लाख ८३ हजार ९ सय ९७ गरी कुल ९७ करोड ६६ लाख ९३ हजार २ सय ३२ खर्च भएको उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ