पोखरा । गण्डकी प्रदेशमा अहिलेसम्मकै ठूलो परिमाणमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकीमा एकै दिन कोरोना भाइरसका १०४ नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुरमा गरि ३ ठाउँमा गरिएको परिक्षणमा १०४ नयाँ संक्रमित थपिएका हुन् ।
निर्देशनालयले बताए अनुसार बागलुङमा ६, कास्कीमा ७, पर्वतमा २१, २१, तनहुँमा १, स्याङ्जामा १३, गोरखामा १८ र राष्ट्रिय प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा नवलपुर जिल्लामा ३८ नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ९७ जना पुगेको छ ।
बागलुङको ढोरपाटन नगरपालिकामा १ महिलासहित ५ पुरुषमा संक्रमण फेला परेको छ । यस्तै पोखरा महानगरपालिकामा ३ पुरुष सहित ४ महिला संक्रमित फेला परेका छन् ।
पर्वतमा पुष्टि भएका संक्रमित बिहादी गाउँपालिकाका २ महिला, पैयुँ गाउँपालिकाका ३ पुरुष, कुश्मा नगरपालिकाका २ महिला र ९ पुरुष छन् । यस्तै पर्वतकै मोदी गाउँपालिकामा २ पुरुष र एक महिला, फलेबास नगरपालिकामा २ पुरुष फेला परेका छन् ।
नवलपुरमा राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा कावासोती नगरपालिकामा ९ पुरुष र एक महिला, बौदिकाली गाउँपालिकामा ५ महिला, ५ पुरुया, नवलपुरकै पालिका नखुलेका एक पुरुषमा संक्रमण फेला परेको छ ।
यस्तै, भरतपुर अस्पतालमा गरिएको परिक्षण्मा १७ नयाँ संक्रमित पुष्टि भएका छन् । जसमा गैंडाकोट नगरपालिकाका एक महिला र एक पुरुष । बुलिङटार गाउँपालिकामा १५ पुरुष संक्रमित फेला परेका छन् ।
तनहूँको घिरिङ गाउँपालिकामा एक पुरुष फेला परेका छन् । यस्तै, स्याङ्जाको गल्याङ नगरपालिकाका ३ पुरुष, भीरकोट नगरपालिकाका एक महिला, कालिगण्डकी नगरपालिकाका २ पुरुष, चापाकोटका ४ पुरुष, १ महिला, वालिङका २ पुरुषमा कोरोना पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा गोरखाका १८ संक्रमित फेला परेका छन् ।
जसमध्ये, भीमसेन गाउँपालिकाका २ महिला, २ पुरुष, राष्ट्रिय प्रयोगशाला काडमाडौंमा गरिएको टेस्टमा भीमसेनकै ६ महिला, २ पुरुष, पालिका नखुलेका २ पुरष, शहिल लखनका ३ पुरुष र बारपाक सुलीकोटका १ पुरुषमा संक्रमण फेला परेको छ ।
सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध