बेसार औषधिमय छ, शरीरको प्रतिरोधी क्षमता बढाउन गरेको आग्रहलाई मजाकमा नउडाऔं : प्रधानमन्त्री ओली

बेसार औषधिमय छ, शरीरको प्रतिरोधी क्षमता बढाउन गरेको आग्रहलाई मजाकमा नउडाऔं : प्रधानमन्त्री ओली

PM Oli

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आइतबार आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएको बताए ।

‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए’ उनले भने, ‘म उहाँहरुलाई सुझाव दिन चाहान्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऔँ । आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ