नेकपामा एमसीसीले हावा खाने संकेत ! बामदेव गौतम भन्छन्- म प्रधानमन्त्रीको कित्तामा छैन

नेकपामा एमसीसीले हावा खाने संकेत ! बामदेव गौतम भन्छन्- म प्रधानमन्त्रीको कित्तामा छैन

KP-Sharma-Oli-and-Bam-Dev-Gautam

प्रधानमन्त्री केपी ओलीले संसदमा विचाराधीन नागरिकता विधेयक र एमसीसीमा सहमति जुटाउने प्रयास स्वरुप छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता र प्रतिपक्षी नेताहरुबीच अहिले छलफल जारी छ ।

चर्को जनविरोध रहेको अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले  नेकपा भित्र हावा खाने संकेत देखा परेको छ । अध्यक्ष केपी ओली पक्षधर मात्र एमसीसीको पक्षमा रहँदा अ‍ोलीलाई पार्टीको सचिवालयमा बहुमत जुटाउन उपाध्यक्ष बामदेव गौतमको साथ चाहिन्छ । तर, नेकपा उपाध्यक्ष बामदेव गौतमले आफू प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओलीको कित्तामा नरहेको स्पष्ट पारेका छन्।

उपाध्यक्ष गौतमले आफ्नो सचिवालयमार्फत प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि अनगिन्ती असहमति रहेको धारणा समेत सार्वजनिक गरेका छन्। ‘क.केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन्। समयक्रममा ती बाहिर आउने छन्। क. वामदेव यही कित्तामा अडिग हुनुहुन्छ।’ पत्रकार विश्वमणी सुवेदीले आफ्नो फेसबुकमा लेखेका छन् ‘एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न।’

सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउने बताउँदै सुवेदीले भनेका छन् ‘क. वामदेवलाई पनि त्यहीँ भेटिँदैछ।’

गौतमको सचिवालयले उपाध्यक्ष गौतम सरकारमा जाने हल्ला पूर्णत: निराधार रहेको समेत स्पष्ट पारेको छ।सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा आफूलाई चित्रित गर्ने क्रम बन्द गर्न समेत गौतमले आग्रह गरेका छन्।

https://www.facebook.com/photo.php?fbid=10158355874167744&set=a.128348412743&type=3&theater

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ