पोखरा । कोरोना भाइरस (कोभिड १९) रोकथाममा सरकारले गरेको काम फितलो भएको भन्दै नेपाली काँग्रेस कास्कीले प्रदर्शन गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की शहिदचोकमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा विदेशमा भएका नेपालीलाई स्वदेश फिर्ता गर्ने व्यवस्था सुनिश्चित गर, गरिब विपन्न परिवारलाई उचित राहतको व्यवस्थापन गर, महंगी र भ्रष्टाचार लगायतका नारा सहितको प्लेकार्ड बोकिएको थियो ।

कार्यक्रमको विषयमा जानकारी गराउँदै नेपाली काँग्रेस कास्की प्रवक्ता नविन सिग्देलले कोरोना रोकथामका लागि सरकारले गरेका गतिविधि प्रति सजग र सचेत गराउँदै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताए । उनले भने, ‘आज देशका सम्पूर्ण जिल्लाहरुमा नेपाली काँग्रेसले सिडिओ मार्फत ज्ञापन पत्र बुझाउँदै छ ।

बन्दाबन्दीका समयमा सरकारले गरेका कामबाट नागरिकमा वितृष्णा जागेको छ । उनीहरु सडकमा उत्रिएका छन् । महामारी फैलिदै गर्दा डर हामीलाई समेत छ । तर सरकार एक पछि अर्को गल्ती गरिरहेको छ । महामारीबाट नागरिकलाई बचाउने तर्फ भन्दा पनि आफ्नै कुर्सीको बचाउमा सरकार लागिरहँदा समस्या बल्झिँदो छ । तत विषयमा ध्यानार्कषण गराउँदै हामीले ज्ञापन पत्र बुझाएका हौं ।’ यो नागरिकका सुखदुखमा नेपाली काँग्रेस सँगै रहेको संकेत समेत हो ।

काँग्रेस नेतृ सरस्वती गुरुङले सामाजिक दुरी अप्नाउँदै कम संख्यामा ज्ञापन पत्र बुझाउने भनिएपनि सरकारको काम प्रतिको उदासिनताले स्वतस्फूर्त रुपमा भीड जम्मा भएको उल्लेख गरिन् । उनले भनिन्, ‘ हामीले सरकारलाई असहयोग गर्न खोजेका होइनौ । सहयोग गर्दागर्दै पनि सरकारले कोरोना रोकथामका लागि जुन कदम चाल्नुपर्ने थियो हामीले पाएनौ । त्यसैले सडकमा आउन परेको हो ।

रोग भन्दा भोक सबै भन्दा ठूलो कुरा रहेछ । यहाँ काम सबै ठप्प हुँदा खान नपाएर भोकै बस्नेहरु मैले थुपै्र देखेकी छु । राहतका प्याकेजमा समेत सरकारले राजनीति गरेको देख्दा उदेक लागेको छ । स्वास्थ्य क्षेत्रमा छुट्टाइएको बजेट समेत खाल्डोमा गएको अनुभुती भइरहँदा नेपाली काँग्रेस कसरी चुप लागेर बस्थ्यो र ? त्यसैले सरकारको काममा सुधार गराउन आग्रह गर्दै कोरोमा महामारीका बेला विकासका काममा भन्दा पनि नागरिकका स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका हौ ।’

कार्यक्रममा काँग्रेसका भातृसंगठन नेपाल तरुण दल कास्की, नेपाली विद्यार्थी संघ कास्की, नेपाल सांस्कृतिक संघ कास्की, नेपाल प्रेस युनियन कास्की लगायत काँग्रेसमा आस्था राख्नेहरुको बाक्लो उपस्थिति थियो । नेपाली काँग्रेस कास्कीले १४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

लकडाउनको झण्डै ३ महिना हुनै लाग्दा कोरोना रोकथाम तथा उपचारमा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै काँग्रेस कास्कीले जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा कोरोना रोकथामका लागि पीसीआर परीक्षणको दायरा बढाई आवश्यक कदम चाल्न भनिएको छ ।

काँग्रेस गण्डकी प्रदेशले मुख्यमन्त्री मार्फत बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र ।
नेपाली कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोलीले मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा तत्काल आरडिटी परीक्षण रोक्न माग गर्दै , कोभिड रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ । तत्काल आरडिटी परीक्षण रोक्न माग गर्दै ज्ञापनत्रमा कोभिड रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरेको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले प्रमुख प्रतिपक्षी दलको सुझाव र सल्लाहलाई ग्रहण गर्दै सरकार अगाडि बढिरहेको बताए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु