कास्कीका एसपी कार्कीको सरुवा, जीवन श्रेष्ठ आउने, समग्रमा कार्कीको कार्यकाल सफल

कास्कीका एसपी कार्कीको सरुवा, जीवन श्रेष्ठ आउने, समग्रमा कार्कीको कार्यकाल सफल

sp karki shrestha

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीको सरुवा भएको छ । ठ्याक्कै १ वर्षमा कार्कीको प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरो नक्शाल काठमाण्डौमा सरुवा भएको हो । उनी अघिल्लो बर्षको जेठ दोस्रो साता कास्कीमा आएका थिए ।

कास्कीको नयाँ प्रमुखको रुपमा एसपी जिवन कुमार श्रेष्ठ आउने भएका छन् । उनी अहिले प्रदेश नं. ५ प्रहरी कार्यालय, दाङमा कार्यरत छन् । श्रेष्ठले हालै महानगरीय ट्राफिक महाशाखाका प्रवक्ताका रुपमा काम गरिसकेका छन् ।

तार्किक क्षमता र स्पष्ट प्रहरी अफिसरका रुपमा चिनिएका एसपी कार्कीको कास्कीमा १ वर्षको कार्यकाल सफल नै रह्यो । यस बीचमा कास्कीमा हरेकजसो घटनाको अनुसन्धानमा उनी सफल नै रहे । कास्की आउने बित्तिकै लागूपद्धार्थ ओसारपसार, जुवातास विरुद्ध एकोहोरो मिसनका साथ होमिए । जसले आउने बित्तिकै ह्वात्तै हाइट बढायो । उनलाई नेकपा विप्लव समूहका कार्यकर्ता भन्दै नागरिकलाई दुःख दिएको भनेर आलोचना पनि गरिदैँ आएको छ । तर, कार्कीले आफू प्रमाणका साथ अघि बढेको तथा संगठन र कानुनलाई शिरोधार्य गर्दै आफ्नो दायित्व निर्वाह गरेको बताउँछन् । उनले आफ्नो कार्यकाल अवधिभर साथ दिने कास्कीका आम नागरिक, सहकर्मी, पत्रकार सबैप्रति आभार प्रकट गरेका छन् ।

लकडाउनका समयमा भएका तीन ठूला हत्याका घटना पनि शव भेटिएको दुई दिनभित्रै सफल अनुसन्धान गरेर दोषीलाई उम्कन दिएनन् । उनी जस लिएरै कास्की छाड्दैछन् ।

३६ एसपीहरुको सरुवा, १५ जिल्लाका एसपी फेरिए

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् । सरुवामा १५ जिल्लाका इन्चार्ज फेरिएका छन् ।

कास्कीमा जिवन कुमार श्रेष्ठका साथै गोरखामा सुरेन्द्रबहादुर गुरुङ, तनहुँमा अरुण पौडेल, मोरङमा सन्तोष खड्का, बाँकेमा ओमबहादुर राना, इलाममा नवीनकुमार राई, भक्तपुरमा तारादेवी थापा, सिराहामा उमाशंकर पञ्जियार, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, महोत्तरीमा टिकाबहादुर केसी, पाल्पामा दिपकराज खरेल, कपिलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिम प्रसाद दाहाल, सुर्खेतमा राजेन्द्र प्रसाद भट्टको सरुवा भएको छ । एक वर्ष कार्यकाल पूरा गरेका एसपीहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

कारबाहीमा परेकालाई फेरि फेरि महत्वपूर्ण जिल्ला, कास्की नेतृत्व गरेको १ वर्ष पछि नै ओम राना बाँकेमा 

विगतमा पटक पटक कारबाहीमा परेका एसपीहरुले पनि फेरि महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका छन् । बाँकेको जिम्मेवारी पाएका ओमबहादुर राना विगतमा कारबाहीमा परेर पनि महत्वपूर्ण जिल्ला पाउँदै आएका हुन् । रसुवामा डिएसपी हुँदा रक्तचन्दन तस्करीमा संंलग्न भएर पनि जागिर जोगाए । यस काण्डमा नेपाली सेनाका उच्च अधिकारीलाई भने जागिरबाटै बर्खास्त गरिएको थियो । उनले गत वर्ष कास्कीको इन्चार्ज पाएका थिए । कास्कीमा विवादित नभएपनि सम्झने काम गर्न सकेनन् । शिवरात्रीका दिन सेतीमा धकेलेर मारिदिएको सूर्य पाण्डे हत्यामा संलग्नलाई भने उनले कारबाही दिलाउन सफल भएका थिए । जुन यसअघिका राम्रा भनिएका एसपीले गर्न सकेका थिएनन् ।

रानाले १ वर्ष नबित्दै फेरि अर्को जिल्लाको नेतृत्व गर्न पाएका हुन् । राना अहिले प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचारप्रसार शाखामा छन् । गृहमन्त्रीको सचिवालयलाई आर्थिक प्रभावमा पारेर उनले यस्तो पोष्टिङ पाउँदै आएका छन् ।

यस विषयमा न्यूज अभियान डटकमले समाचार नै प्रकाशित गरेको थियो । २०६८ भदौमा रक्तचन्दन चीनतर्फ तस्करी गर्न सहयोग गरेको आरोपमा तत्कालीन रसुवाका डीएसपी ओम राना र नुवाकोटका डीएसपी बालकृष्ण थापालाई सरुवा गरिएको थियो । थापा नक्कली प्रमाणपत्र पं्रकरणमा अदालतबाट दोषी प्रमाणित भई जागिरबाट बर्खास्त भइसकेका छन् ।

रक्तचन्दन तस्करीमा मिलेमतो भएका नेपाली सेनाको रसुवास्थित अर्हिदमन गणका कर्णेल रामजी थापालाई त्यतिबेलै कोर्टमार्सल गरी बर्खास्त गरिएको थियो । तर प्रहरीका डीएसपी रानालाई भने नेताहरुको आशीर्वादमा जोगाइएको थियो । रानालाई रसुवा सरुवा हुनासाथ सुन तस्करीका डिजाइनर मानबहादुर तामाङले कार नै उपहार दिएको चर्चा पनि चल्ने गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले २०७४ भदौ ३१ मा क्षेत्रपाटीमा बरामद गरेको ८८ किलो सुन प्रकरणमा कांग्रेस नेता मानबहादुर तामाङ मुछिएका थिए । तामाङलाई प्रहरीले २०७४ असोजमा पक्राउ गरेको थियो । राना गएपछि तामाङले ठूलोमात्रामा रसुवा नाकाबाट सुन नेपाल भित्र्याएका थिए । तामाङ नेपाल–केरुङ व्यापार संघका अध्यक्ष पनि रहेका थिए ।

२०६८ वैशाख अन्तिम साता रसुवा नाका हुँदै आठ टन रक्तचन्दन चीन निकासी भएको थियो भने ना ३ ख २८९४ नम्बरको ट्रकमा सात करोड २० लाख मूल्यबराबरको रक्तचन्दन निकासी भएको थियो । सो रक्तचन्दन सेनाको ब्यारेक हुँदै पास गराउनमा डीएसपी राना र सेनाका कर्णेल दुवैको मिलेमतो थियो ।

तर सेनाका कर्णेल बर्खास्त भए रानामाथि कारबाही भएन बरु एकपछि अर्को जिल्लाको प्रमुख हुने मौका पाए । बादलको शासनमा उनले कास्की जस्तो महत्वपूर्ण जिल्लाको इन्चार्ज बन्ने अवसर पाएका छन् ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”46263″ /]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ