मापसे गरेर मोटरसाईकल हुईंकाउँदा पोखरा फुलबारीमा यस्तो दुर्घटना, चालक गम्भिर घाईते

मापसे गरेर मोटरसाईकल हुईंकाउँदा पोखरा फुलबारीमा यस्तो दुर्घटना, चालक गम्भिर घाईते

Bike Accident (1)

गण्डक न्युज पोखरा, ९ माघ ।  पोखराको नारायणस्थान मन्दिर पारिपट्टी मनिपाल जाने बाटो, फुलबारीमा मंगलबार राति मोटरसाईकल दुर्घटनामा चालक गम्भिर घाईते भएका छन् ।

दुर्घटनापछि बोल्ने अवस्थामा समेत नरहेका उनलाई नजिकैको मनिपाल अस्पतालमै लगिएको छ । पछाडि बस्ने समेत घाईते छन् । उनीहरुको परिचय खुलेको छैन ।

प्रत्यक्षदर्शीका अनुसार ग ७ प ४६९० मा सवार उनीहरु निकै तीब्र गतिमा हुईंकिएका थिए । स्थानीयले बाईकमा सवारहरु मापसे गरेको पाईएको जनाएका छन् । बाईकमा पछाडि बस्नेले समेत मापसे गरेर बढी स्पीडमा भएको स्विकार गरेका छन् ।

दुर्घटनापछि नजिकैको प्रहरी त्यहाँ पुगेका छन् । एम्बुलेन्सबाट नै अस्पताल लगिएको छ । मोटरसाईकल प्रहरी नियन्त्रणमै रहेको छ । थप विवरण आउन बाँकी छ ।

तस्विरः अशोक बस्नेत

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ