काठमाडौं प्रवेशमा झन् कडाइ, बस्ने नगरपालिकाको स्विकृति र छाड्ने जिल्लाको पास अनिवार्य

काठमाडौं प्रवेशमा झन् कडाइ, बस्ने नगरपालिकाको स्विकृति र छाड्ने जिल्लाको पास अनिवार्य

Nagdhunga coronaa

File Photo

अब त लकडाउन खुकुलो भयो, काठमाण्डौ जान्छु भनेर सोच्नुभएको छ ? अब तयारी बिना नजानुहोस् । काठमाण्डौ छिर्न सरकारले झन् कडा गरेको छ ।

सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि आफू बसोबास गरिरहेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो ।

गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनुमतिपत्रसहित आफू रहेको जिल्लाको प्रशासन कार्यालयमा सवारी पासका लागि निवेदन दिनुपर्नेछ ।

त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ ।

त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds