पोखरामा बगर बन्यो ‘फुटबल मैदान’

पोखरामा बगर बन्यो ‘फुटबल मैदान’

Lamachaur-Football-ground

गण्डक न्युज, पोखरा / पोखरा लेखनाथ महागनरपालिका १९ स्थित लामाचौरमा नवनिर्मित लामाचौर फुटबल खेल मैदान यस्तो बनेको छ । नव आदर्श सामुदायिक विकास समाजको पहलमा गोस्तेघाटलाई खेल मैदानमा परिणत गरिएको हो ।

बगरको रुपमा रहेको ठाँउलाई झण्डै डेढ करोडको लागतपछि यस्तो रुपमा परिणत भएको निर्माण समिति सचिव बुद्धि खत्री क्षत्रीले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदबाट मैदान निर्माण गर्न विभिन्न चरणमा गरी झण्डै एक करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

स्थानीय सहयोग र स्रोत परिचालन गरी ५० लाख तथा सांसद विकास कोष अन्तर्गत निर्वाचन क्षेत्र पुर्वाधार विकास कोष मार्फत १५ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds