रचित पौडेल, पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा पहिरो जाँदा दुई घर पुरिएका छन् । भिषण वर्षाका कारण राति ९ बजे पहिरो झरेको स्थानियले बताएका छन् । पहिरो गएको स्थान ढकालबारी, काफलचौर सरुनचौर क्षेत्र हो ।
अहिले राति ११ बजेसम्मको समयमा ३ जनाको शव भेटिएको छ । ६ जना पहिरोमै बेपत्ता रहेको घटनास्थलमा रहेका प्रहरीको भनाई उद्दृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरी निरिक्षक बुद्धि सुवेदीका अनुसार पहिरोले पुरिएर अन्य ६ जना सम्पर्क विहीन छन् । अहिले भिषण पानी परिरहेको र खोजी कार्यलाई पनि जारी राखिएको उनले बताएका छन् । पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरिएको हो । पहिरोमा पुरिएर मृत्यु भएका तुलबहादुरकी श्रीमती मिनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन्।
वडा नम्बर तीनका वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार कमला विकको पनि शव फेला पारिएको छ । उद्धारका लागि नेपाली सेनासहितको टोली पनि घटनास्थल पुगेको छ ।
थप विवरण आउन बाँकी
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
बागलुङमा ५६ हजार ‘मेट्रिकटन’ आलु उत्पादन
अर्जुन कुमालको कप्तानीमा गण्डकी क्रिकेट टोली घोषणा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते