भारत विरुद्ध संसदमै लालबाबुको गर्जनः ‘गोर्खालीकै शक्तिले भारत शक्तिवान्, सुगौली सन्धी नमाने ग्रेटर नेपाल’ (भिडियोसहित)

भारत विरुद्ध संसदमै लालबाबुको गर्जनः ‘गोर्खालीकै शक्तिले भारत शक्तिवान्, सुगौली सन्धी नमाने ग्रेटर नेपाल’ (भिडियोसहित)

Lalbabu Map

नेकपाका लोकप्रिय नेता एवं पूर्व मन्त्री लालबाबु पण्डितले भारतले लुटेको भूमि सम्पूर्ण नेपाली एकमत भएर नक्शामा समावेश गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै अब भारतले नमाने सुगौली सन्धी पूर्वको ग्रेटर नेपालतर्फ अघि बढ्नुपर्ने बताएका छन् । उनले भारतलाई शक्तिवान् बनाएको गोर्खालीहरुले नै भएको भन्दै आफ्नो सार्वभौमिकताको रक्षा गर्नुपरेमा कुनै नेपाली पिठ्यूँ फर्काएर नभाग्ने समेत चेतावनी दिएका छन्।

शनिबार भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव माथिको दफावार छलफलमा सहभागी हुँदै नेता पण्डितले यस्तो बताएका हुन् ।

आज गौरवको दिन भएको भन्दै उनले भने – ‘नेपालको झण्डै दुई तिहाई भूभाग नेपालले दुःखका साथ गुमाउनुप¥यो । भारतले मान्दैन भने हामी किन मान्ने ? यो लिपुलेक कालापनी, सुस्तासँग जोडिएको क्षेत्रमा भएको सीमा अतिक्रमण फिर्ता हुनुपर्छ । त्यो भूमि नेपालको भूमि हो, लुटिएको भूमि हो ।’

https://www.facebook.com/lalbabu.pandit.official/videos/3260604233997886/

सरकारले कुटनीतिक रुपमा पहलकदमी गरेर, वार्ता गरेर शान्तिपूर्वक फर्काउन अब कदम अघि बढाउनुपर्ने भन्दै उनले यो भूमी फिर्ता ल्याउने कुरामा शंका गर्नुपर्ने कुनै ठाउँ रहँदैन, राजनीति गर्न पर्ने कुनै ठाउँ रहँदैन । नेपाली भूमी रक्षाका लागि उत्तरी सीमाना मात्र होइन, दक्षिणी सीमाना समेतका लागि सबै जाति, सबै क्षेत्र एकजुट छन् । भने ।

शान्तिपूर्वक तरिकाले भारतले समाधान चाहेन भने अन्तर्राष्ट्रिय मञ्चहरुमा जान पनि पछि पर्नु नहुने उनको सुझाव छ । भारतले अन्तिम विकल्पका रुपमा आणविक रुपमा ठूला शक्तिशाली मान्छ भने गोर्खालीहरुको ताकतले नै भारत शक्तिका रुपमा स्थापित भएको स्मरण पनि गराए । उनले भने– ‘नेपाली भूमीको रक्षा गर्नका लागि सम्पूर्ण नेपालीहरु तयार हुन्छन्, पिठ्यूँ फर्काएर भाग्दैनन् । भूमी प्राप्त हुन्छ, सार्वभौमिता रक्षा हुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ