कोरोना संक्रमणबाट पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १८ पुग्यो

कोरोना संक्रमणबाट पाँच वर्षीय बालकसहित दुई जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १८ पुग्यो

death

नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक बाराका एक पाँच वर्षे बालक र अर्का एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

बाराका ५ बालक निमोनिया भएर अस्पतालमा उपचार गर्न आएका थिए । उनको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो । ज्यान गुमाएका उनीहरु दुबै जनाको नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा नतिजा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ