काठमाडौंको ह्याम्समा कोरोना संक्रमितको सफल उपचार, निकाे भए पाेखराका पहिलाे काेराेना संक्रमित

काठमाडौंको ह्याम्समा कोरोना संक्रमितको सफल उपचार, निकाे भए पाेखराका पहिलाे काेराेना संक्रमित

Hams hospital

पोखरा । धुम्बाराहिस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालले कोरोना (कोभिड-१९) संक्रमितको सफल उपचार गरेको छ ।

पोखरामा प्राध्यापन र वकालतमा क्रियाशील ६० वर्षे ती पुरुषलाई जेठ २० गते पोखराबाट हेलिकोप्टरमा काठमाडौं लगिएको थियो । पोखराको आलुमाइला चोक नजिकै बस्ने उनी बिहान कोठामा अचेत अवस्थामा भेटिएका थिए ।

कास्की पोखराका ६० वर्षिय पुरुष उपचारका लागि पोखराबाट हेलिकोप्टरमा उद्धार गरि गत जेठ २० गते यस अस्पतालमा भर्ना भएका थिए ।

नेपालमा पहिलो पटक कोभिड १९ संक्रमित विरामीको भेन्टिलेटरमा राखेर सफल उंंपचार गरि आज जेठ ३० गते डिस्चार्ज गरिएको जानकारी ह्याम्सले गराएको छ ।

उनलाई काठमाडौं पुर्‍याउन हेलिकोप्टरमै काठमाडौं गएर फर्केका २ सहित ती पुरुषको सिधा सम्पर्कमा आएका ३९ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आइसकेको छ ।

अस्पतालको अत्याधुनिक सघन उपचार कक्ष (आइसीयु) मा भेन्टिलेटरमा राखेर उनको उपचारमा तल्लिन सम्पुर्ण चिकित्सक, नर्स लगायत प्यारामेडिक्सका साथै व्यवस्थापनमा संलग्न चुस्त दुरुस्त व्यवस्थापकीय टिमको सहयोग, सहकार्य र समन्वयका कारण उपचार गर्न सफल भएकोमा गौरवान्वित भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

यस अस्पतालको सेवालाई विश्वास गरि उपचार गराउन मन्जुरी दिने विरामी र परिवार प्रति पनि अस्पतालले आभार प्रकट गरेको छ । उपचारका क्रममा अहोरात्र खटिएका कर्मचारी प्रति पनि अस्पतालले धन्यवाद व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एवं नेपाल सरकारको मापदण्डमा रहेर कोभिड १९ संक्रमितको उपचार गरिएको अस्पतालले जनाएको छ ।

कोभिड १९ का साथै अन्य समस्या देखा परेका सम्पूर्ण विरामीको उपचार गर्नु सबैको दायित्व भएको महसुस गरेको र अहिलेको विषम परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रवाह गर्ने दायित्व प्रति निरन्तर रुपमा प्रतिबद्ध रहेको अस्पतालले जनाएको छ ।

यस अस्पतालमा सेवा लिन चाहने सेवाग्राहिका साथै सम्पूर्ण जनमानसलाई निर्धक्क भएर सेवा लिन अस्पतालले आव्हान पनि गरेको छ । भविष्यमा कोभिड १९ को साथै अन्य विरामीको लागि पनि विभिन्न सेवाहरु सुचारु रहेको आम जनसमुदायमा जानकारी गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ