तनहुँ । तनहुँको व्यास ४ दमौली स्थित टिका तास रेष्टुरेन्टमा शनिबार ११ बजेको समयमा आगलागी भएको थियो ।
रेष्टुरेन्टको किचनमा रहेको ग्यास लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आगलागीबाट रेष्टुरेन्टको किचनको भागमा क्षति पुगेको छ ।
रेष्टुरेन्टमामा रहेको ३ वटा टेबल, २ वटा फ्रीज, टिभी, किचनका डेकुरेसन लगाएका सामाग्रीमा आगलागीबाट क्षति पुगेको छ ।
आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको सामाग्रीमा क्षति पुगेको रेष्टुरेन्टका संचालक टिका सापकोटाले बताए ।
रेष्टुरेन्टमा रेष्टुरेन्ट सञ्चालकहरु बाहिर रहेको र काम गर्ने कामदार रहेको अवस्थामा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
रेष्टुरेन्टमा भएको आगलागी स्थानीय र प्रहरीले व्यास नगरपालिकाको बारुण यन्त्रको सहायताले नियन्त्रणमा लिएका थिए ।
करिब ४५ मिनेटपछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते