पोखरा । पोखराको मनिपाल अस्पतालमा उपचाररत पर्वतका एक पुरुषमा कोरोना पुष्टि भएको छ । अस्पतालमा उपचाररत कुश्मा नगरपालिकाका- ३ का ३५ बर्षीय पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।
उनी जेठ २२ गते मोटरसाइकल दुर्घटना भएपछि उपचारका लागि अस्पताल आएको खुलेको छ । २ दिनसम्म बेहोस उनको टाउकोको शल्यक्रिया अघि स्वाब संकलन गरेर परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो । २५ गते उनको स्वाब लिइएको र शुक्रवार पोजेटिभ आएको अस्पताल स्रोतले जानकारी दियो ।
मनिपालको न्युरो आईसीयू बन्द
बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको न्युरो वार्ड बन्द हुने भएको छ । अस्पतालमा कार्यरत दर्जन बढी नर्स, डाक्टरसहित करीब दुई दर्जन स्वास्थ्यकर्मी अस्पतालकै क्वारेन्टिनमा बस्ने भएका छन् । उनीहरुको पनि स्वाब संकलन गरिने भएको छ ।पुरुष रहेकै वार्डमा रहेका ४ अन्य बिरामीको पनि स्वाब कोरोना परीक्षण गरिने भएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सारिए
कोरोना संक्रमित ती बिरामीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा सारिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले कोरोनाको डेडिकेटेड अस्पताल तोकेको कारण अन्य स्थानमा फेला परेका संक्रमितलाई पनि अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिन्छ ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
पोखराको सहिदचोकमा प्रहरीको पेट्रोल पम्प निर्माण रोक्न अन्तरिम आदेश
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
‘सडकमा भीड उतारेर अनुसन्धान प्रभावित पार्ने काम स्वीकार्य हुँदैन’ – नागरिक समाज पोखरा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते