सोती घटना : फरार २ आरोपीसहित थप ३ जना पक्राउ

सोती घटना : फरार २ आरोपीसहित थप ३ जना पक्राउ

arrested

सांकेतिक तस्विर

रुकुमपश्चिम । रुकुम पश्चिम – गएको जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाका फरार दुई आरोपीसहित थप तीन जना पक्राउ परेका छन् । प्रहरीले यसअघि फरकफरक समयमा २५ जनालाई पक्राउ गरेको थियो ।  योसँगै घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेको सङ्ख्या २८ पुगेको छ ।

पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए ।

उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ ।

फरार दुई जनालाई घटना भएको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोे छ ।

रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ