स्याङ्जाका ३ जनाले जिते कोरोना, ३४ अझै आइसोलेसनमा

स्याङ्जाका ३ जनाले जिते कोरोना, ३४ अझै आइसोलेसनमा

Syangja Corona Pasent Discharge 3

स्याङ्जा । स्याङ्जाका ३ जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेका छन् । कोरोनालाई जितेर निको भएर घर फर्कनेहरुमा वालिङ नगरपालिकाका एकजना पुरुष र गल्याङ नगरपालिकाका दुईजना पुरुष रहेका छन् ।

वालिङ नगरपालिका वडा नं. १३ का २१ वर्षीय पुरुष र गल्याङ नगरपालिकाका २७ र ४० वर्षीय पुरुषहरु रहेको जिल्ला अस्पताल स्याङ्जाका कोरोना फोकल पर्सन डा. अञ्जु अर्यालले जानकारी दिईन ।

वालिङका गत जेठ १५ र गल्याङका जेठ १८ गतेबाट जिल्ला अस्पतालको आइसोलेसनमा बस्दै आएका थिए । उनीहरुको स्वाव दोस्रो पटक परीक्षणका लागि जेठ २२ गते पोखरा पठाइएको थियो ।

हिजो मंगलबार स्वाव परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आज घर पठाइएको अस्पतालले जनाएको छ ।

उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, पुतलीबजार नगरपालिकाका प्रमुख सीमा कुमारी क्षेत्री, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीका टोलीले विदाइ गरेका थिए ।

स्याङ्जामा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । जसमध्ये एकजनाले ज्यान गुमाएका भने ३४ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ