पोखराको आइसोलेसनमा उपचाररत स्याङ्जा वालिङका कोरोना संक्रमितको मृत्यु

पोखराको आइसोलेसनमा उपचाररत स्याङ्जा वालिङका कोरोना संक्रमितको मृत्यु

coronavirus22

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले निकालेको विज्ञप्तीमा भने उमेर ५८ छ ।

ती वृद्ध लाई हिजो आइतबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमितको मृत्यु यो नै पहिलो हो । कोरोना संक्रमण देखिनु अघि ती वृद्धको अस्पतालको प्रि-आइसोलेसन कक्षमा उपचार भईरहेको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि हिजो संक्रमित व्यक्तिलाई अस्पतालको आइसोलेसन कक्षमा राखेको थियो । कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल (कन्ट्रयाक्ट ट्रेसिङ) शुरु भइसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित मध्य बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ