पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

Paschimmanchal Hosital

पोखरा । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाका ६० बर्षीया पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ भने प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

उनको अस्पतालको प्रि-आइसोलेसन कक्षमा उपचार भईरहेको थियो । संक्रमित व्यक्तिलाई अहिले अस्पतालको आइसोलेसन कक्षमा राखेको छ ।

कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल (कन्ट्रयाक्ट ट्रेसिङ) शुरु भइसकेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा २६ जना पुरुष तथा ३ महिला , स्याङ्जाका ३७ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका १६ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका ३ जना पुरुष, गोरखाका ११ जना पुरुष तथा कास्कीका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्य बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ