पोखराका कोरोना संक्रमितको सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन, परिक्षणका लागि पठाइयो

पोखराका कोरोना संक्रमितको सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन, परिक्षणका लागि पठाइयो

Corona Trot Swap

पोखरा । पोखराका कोराना संक्रमितसँग सम्पर्कमा आएका ३९ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनको सम्पर्कमा आएका व्यक्तिमा कोरोना भए नभएको पुष्टि गर्न आइतबार ३९ जनाको स्वाब संकलन गरिएको हो ।

कोरोना संक्रमित ६० वर्षीय पुरुष कानुन व्यवसायी भएकाले उनको सम्पर्कमा आउनेधिकांश कानुन व्यवसायी रहेको छ्न । आइतबार २९ पुरुष र १० जना महिला गरि कुल ३९ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वाब संकलन गरि परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

काठमाडौँमा उपचाररत ती व्यक्तिमा कोरोना संक्रमण देखिए पश्चात स्वास्थ्य निर्देशानालय, स्वास्थ्य कार्यालय कास्की, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा नेपाल प्रहरीको संयुक्त समुहले खोजपड्ताल (कन्ट्याक ट्रेसिङ) सुरु गरेको थियो ।

पोखराका कोरोना संक्रमित गत मंगलबार पोखराको आलुमाइला चोकस्थित डेरामा बेहोस भेटिएका थिए । तत्काल गण्डकी मेडिकल कलेजमा उपचारका लागि पुर्याइएकोमा थप उपचार गर्न सोही दिन हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।

काठमाडौं पुगेपछि स्वाब संकलन गर्दा शुक्रबार उनमा कोरोना पुष्टि भएको थियो ।

कन्ट्याक ट्रेसिङका क्रममा औषधि व्यवसायीदेखि कपाल काट्नेसम्म संक्रमितको सम्पर्कमा आएको भेटिएको छ । सम्पर्कमा आएका सबै होम क्वारेन्टाइनमा रहेका छन् ।

यो पनि :

पोखरामा उच्च सतर्कताको खाँचोः ‘आतंकित होइन, सतर्क बनौँ’

पोखराका कोरोना संक्रमितको सम्पर्कमा आएकाको कन्ट्रयाक्ट ट्रेसिङ सुरु

पोखराबाट ३ दिन अघि हेलिकोप्टरमा लगिएका पुरुषलाई कोरोना पुष्टि, जानुअघि जिएमसीमा उपचार

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ