डडेल्धुरा – डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका-१ असिग्राम आधारभूत विद्यालय रैनकोटमा बनाइएको क्वारेन्टाइनमा ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिनअघि मात्र आएका थिए ।
उनको निधन कोरोनाभाइरसका कारण भएको हो या अरु कुनै कारण भन्ने अहिलेसम्म खुलेको छैन । उनी हिजो राति शौचालय गएको समयमा एक्कासी बेहोस भएकी थिइन् ।
त्यसपछि उनको मृत्यु भएको हो । चिकित्सकको टोली त्यहाँ पुगेर महिलाको स्वाब लिने र परीक्षण गर्ने तयारी सुरु भएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते