रुकुम घटना – बेपत्ता भएका ६ जनाकै शव भेटियो

रुकुम घटना – बेपत्ता भएका ६ जनाकै शव भेटियो

Rukum Case Bheri Nadi

रुकुम – रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा बेपत्ता भएका ६ जना सबैको शव फेला परेको छ । जाजरकोट भेरी नगरपालिका–४ का नबराज विक प्रेम विवाहका लागि केटी लिन आएको बेला भएको घटनामा ६ जना बेपत्ता भएका थिए ।

यसअघि ५ जनाको शव फेला परेको थियो । शनिबार एक जनाको शव फेला परेसँगै बेपत्ता सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

बेपत्ता भएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको शव सुर्खेतको मेलकुनामा फेला परेको उनले बताए । अब शव परीक्षण गरेर आफन्तलाई बुझाइने डिएसपी केसीको भनाइ छ ।

यसअघि जाजरकोटका भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको शव फेला परेको थियो । गोविन्दबाहेक अरु सबैको शव पोष्टमार्ट पछि आफन्तलाई बुझाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ