काठमाडौं । शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।
बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, कपिलवस्तुमा ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।
भरतपुरमा गरिएको परीक्षणमा २३ देखि २६ वर्षका चार जना र राप्तीमा गरिएको परीक्षणमा विजयनगरमा ९ जनामा संक्रमण पुष्टि भएको छ । भैरहवामा गरिएको परीक्षणमा १७ देखि ४४ वर्षका १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
झापामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कचनाकवल गाउँपालिकाका १८ र ४१ वर्ष उमेरका २४ जना र तयारी भिट्टाका २४ देखि ५४ वर्ष उमेर समूका तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको थ्रोट स्वाबको परीक्षण कोशी अस्पताल, विराटनगरमा भएको थियो ।
यस्तै धरानमा गरिएको परीक्षणमा भद्रपुरका ३४ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
पर्सामा ५ र बारामा ४ जना संक्रमित थपिएका छन् । पर्साको पोखरियाका २१ देखि ४२ वर्ष उमेरका चार जना र जिरा भवानीका ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
बाराको प्रचौटा राष्ट्रिय माविमा रहेका २७ देखि ४५ वर्ष उमेर समूहका चार जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा सर्लाहीका ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण्म पुष्टि भएको छ ।
यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।
यस्तै उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।
सम्बन्धित खबर
बाढीपीडितलाई चिन्ता : जाडो सुरू भयो, अब कहाँ बस्ने ?
ओली सरकारको १०० दिनका उपलब्धि: सहकारी ठगीमा संलग्नमाथि कारबाहीदेखि कन्सर्टसम्म (पूर्णपाठ)
भिड जम्मा पारेर अदालतलाई प्रभावित पार्ने चेष्टा नगर्न रास्वपालाई ७ दलको आग्रह
कांग्रेस-एमाले मिलेर बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली
रास्वपाले न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्योः कांग्रेस
संघीय अस्पतालमा रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते