पोखरा, १५ जेठ ।
जातिय कारणले पश्चिम रुकुममा भएको ‘नरसंहार’को साँकेतिक विरोध गर्दै राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले पोखरामा विशेष कार्यक्रम गरेको छ । साथै सो घटनामा ज्यान गुमाउने नवराज बिक र उनका साथीहरुप्रति दीप प्रज्वलन गरेर श्रद्धाञ्जली व्यक्त गरेको छ ।
गणतन्त्र दिवसकै दिन पोखरामा यो कार्यक्रमको आयोजना गरेर संघले गणतन्त्रको खोजी समेत गरेको छ । ‘परिवर्तनका थुप्रै लडाँईहरुमा दलित समुदायको मुद्दा उठेका छन् । तर समाजमा अझै पनि जातकै कारण दलितहरुलाई यस्तो विभत्स तरिकाले मारिन्छ । वास्तवमै दलित समुदायले गणतन्त्रको आभास गर्न सकिरहेका छैनन् ।’ राष्ट्रिय दलित पत्रकार संघ, गण्डकीका अध्यक्ष रेम बिकले भने–‘गणतन्त्र कागजमा मात्र होईन, हरेक व्यक्तिको मानसिकतामा पनि आउनुपर्छ भन्ने कुरा हामीले साँकेतिक रुपमा भन्न खोजेका हौँ ।’

राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले रुकुम पश्चिममा जातकै आधारमा नरसंहार गरिनु अत्याधिक खेदपुर्ण भएको बताएको छ । साथै संघले सो नरसंहार गराउने सम्पूर्णलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग अगाडि सारेको छ ।
साथै पछिल्लो समय घटनापछि मुख्य मुद्दालाई तोडमोड गर्ने गरि गरिएका विभिन्न तर्कहरुप्रति ध्यानकर्षण जनाएको छ । ‘विभिन्न राजनीतिक दलका नेताहरु समेत यो मुद्दालाई फरक तरिकाले मोड्न उद्दत देखिएका छन् । साथै सामाजिक संजालमा पनि केही समूह यो मुद्दाको वास्तविक कुरालाई तोडमोड गराउने गरि कुतर्क गरिरहेका छन् ।’ संघका गण्डकी प्रदेश अध्यक्ष बिकले भने–‘यस्ता कुतर्कले सामाजिक सद्भाव खलबलाउने बाहेक अरु केही काम गर्दैन । र, यस्ता कुतर्कलाई आधार मानेर घटनाको अनुसन्धानलाई प्रभावित गर्ने काम गर्नु हुँदैन ।’
चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको सहआयोजना रहेको कार्यक्रममा पोखराका राजनीतिकर्मी, पत्रकार र सर्वसाधारणहरुको सहभागिता रहेको थियो । घटनाप्रति खेद जनाउँदै सहभागी सबैले जातिय विभेदको चाँडोभन्दा चाँडो अन्त्य हुनुपर्ने धारणा व्यक्त गरेका थिए । साथै रुकुम पश्चिममा घटेको अमानविय घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न दबाब दिएका थिए ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की