पोखरा । पछिल्लो समय नेपाली लोक पप बिधालाई थप उचाईमा पुर्याएका गायक हुन सुनिल गिरी ।
आफै गीत लेख्ने सुनिल आफै कम्पोज गर्छ्न र कतिपय भिडियोमा अभिनय समेत गर्न भ्याउँछ्न।
सुनिल गिरीको पहिलो गीत को होला त्यो … मर्फत डेब्यु गरेका नायक पल शाह अहिले चल्तिका नायक छन ।
को होला त्यो…. हिट भए पछी सुनिलले सो गीतको भाग २ र ३ पनि निकाले ।
को होला त्यो… का तीन वटै गीत र अर्को गीत देउराली भञ्ज्याङ्… का उत्कृष्ट शब्दहरूलाइ ‘ब्लेण्ड’ गरि सुनिलले रिमेक गीत “देउराली भञ्ज्याङ् को होला त्यो ….” सार्वजनिक गरेका छन् ।
दर्शन श्रोताले अधिक मन पराएका गीतहरूको संगालो बनाएर सार्वजनिक गरेको सुनिल बताउँछन् । गीतमा पल शाह सँगै कृस्टिना थापाले अभिनय गरेकी छन्।
यसरी बनेको थियो ‘को होला त्यो…’
कुरा २०६९ सालको हो । सुनिलले भर्खरै मोटरसाइकल किनेका थिए । उनी निकै डुल्थे त्यो ताका ।
एकान्तमा गएर गुनगुनाउन मन पराउने उनी सितापाइला हुँदै व्हाइट गुम्बा निकै जान्थे ।
गुम्बा जँदा एक जना युवती सुनिलको नजरमा परिन । युवती पनि लजालु पाराले सुनिललाई हेर्थिन । त्यै हेराइ सम्झेर सुनिल गुनगुनाउँदै गर्दा जन्मेको गीत हो ‘को होला त्यो…’ ।
सानै देखि गायनमा रुचि राख्ने सुनिलले त्यो गीत आफै कम्पोज गरे अनि आफ्नै स्वरमा रेकर्ड गराए ।
अडियो त बन्यो अब भिडियो बनाउनु पर्यो। गीतको निर्देशन सतिस श्रेष्ठले गर्ने पक्का भयो । मोडलिङ कसले गर्ने भन्ने कुरा चल्यो ।
तराइ टेलिभिजनका क्यामरा पर्सन उमंग शाहीले सुनिललाई पल शाह सँग भेट गराए। पल त्यतिबेला तराइ टेलिभिजनमै काम गर्थे ।
भेटेर कुराकानी गरेपछी सुनिलले हुन्छ भने पछि प्रकृति श्रेष्ठ र पलले अभिनय गरेर हेटौंडाको एक खोला किनारमा सुटिङ भयो।
त्यतिबेला नेपाली गीतहरू युटुबमा राम्रै चल्न थालेका थिए ।
२०७० सालमा सुनिलले चिनजानका एक जना दाइको युटुब च्यानलमा गीत अपलोड गर्न दिए ।
गीत सोच्दै नसोचेको हिट भएको सुनिल बताउँछन् ।
अहिले भने सुनिलले सो गीत लागायत आफ्ना सबौ गीत आफ्नै अफिसियल युटुब च्यानलमा अपलोड गरेका छन।
भिडियो:
सम्बन्धित खबर
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक (भिडियोसहित)
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
‘यो देशमा बसेर दिन गन्ने मात्रै हो’ [भिडियो]
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते