हो, आजकाल मलाई देशको चिन्ताले निकै सताएको छ। जब हाम्रो देशको सीमानाको प्रश्न उठ्छ तब त झन मेरो राष्ट्रप्रेमको कुनै सीमाना नै रहँदैन । नपत्याए आफै मेरो फेसबुकको प्रोफाइलमा हेर्नोस् न, दिनकै ८–१० वटा पोस्ट #backoffindia भन्दै गरिरहेको छु । ओहो ! एकैछिन पर्खनुस् है, मेरो मन पर्ने हिन्दी सिरियल पनि यही समय आएछ । खैर Youtube छँदै छ नि, पछि हेरौँला । अँ, साँच्चै म के भन्दै थिएँ भने, हाम्रो जमिनमा भारतले कहाँ बाटो बनाउन मिल्छ त नि ‘Routine of Nepal Banda’ ले त त्यो जमिन हाम्रो भनिसक्यो !
यो लकडाउनले पनि गर्नु गरेको छ । किनेर खान्छु भन्दा पनि प्याज, गोलभेडा लगायत मलाई मन पर्ने तरकारी पनि पाइएको छैन बजारमा । ईन्डियाबाट सामान नै आको छैन भन्छन् पसलको दाइले । धन्न, अहिलेसम्म त त्यति अभाव भएको छैन । अब सरकारले पनि ईन्डियाबाट सामान ल्याउनको लागि अलि कसरत गर्नुपर्यो । ईन्डियाबाट सामान नै नआए त अस्तिनै नाकाबन्दी गर्दाको जस्तो भैहाल्छ नि । अब यस्तो कुरा खुल्लम् खुल्ला गर्न पनि भएन । हाम्रै देशमा उत्पादन गर्नुपर्छ भन्ने पोस्ट गरिसक्याछु साँच्चै । तर कसलाई पो फुर्सद छ र ? घर अगाडि मस्तसङ्ग सरसामान आइहाल्छ किनेर खान सकिहालिन्छ। किन बेकारको दुख गर्ने हो र !
लेख्न त मैले नि निकै बेजोड लेखे झैँ लाग्याथ्यो नाकाबन्दी ताका ‘आत्मनिर्भरता’ को बारेमा । नेपालमा नै कृषि उत्पादन बढाउन पर्छ भन्दै चर्चा नगरेको नि हैन । तर के गर्नु ? आफूले गर्न सक्ने त म गरिआएको छु नि । किसानहरु उत्पादन नै गर्न सक्दैनन् । तेत्रो स्टाट्स लेखेर बिदेशमा हैन देशमा नै केही गरौँ भनी विभिन्न ग्रुपमा पोस्ट गरे पनि युवा वर्ग बिदेश जान छोडेनन् । अब त म थाकिसकेँ । त्यही पनि वीर गोर्खालीको सपूत भएकोले हार नमानी आझै ४-५ वटा ग्रुप बनाएको छु देशको भविष्यको बारेमा चिन्ता व्यक्त गर्न । आखिर हामीले नगरे कसले गर्ने हो र ?
[bs-quote quote=”किनेर खान्छु भन्दा पनि प्याज, गोलभेडा लगायत मलाई मन पर्ने तरकारी पनि पाइएको छैन बजारमा । ईन्डियाबाट सामान नै आको छैन भन्छन् पसलको दाइले । धन्न, अहिलेसम्म त त्यति अभाव भएको छैन । ईन्डियाबाट सामान नै नआए त अस्तिनै नाकाबन्दी गर्दाको जस्तो भैहाल्छ नि ।” style=”style-2″ align=”left” author_name=”सार्थक खनाल ” author_job=”विद्यार्थी” author_avatar=”http://gandaknews.com/wp-content/uploads/2020/05/Sarthak-Khanal-1.jpg” author_link=”https://www.facebook.com/sarthak.khanal.73″][/bs-quote]
एउटा कुरा भनि हालेँ, यो चाहिँ गोप्य राख्नुहोला । हुन त हामी नेपाली एकदम भावुक छौँ र वीर भएको भएर पनि होला हामी आक्रोशमा चाँडै आउँछौं । गोप्य चाहिँ किन भनेको भन्दा यदि यस्तो कमजोरीको बारेमा थाहा पाए भने त हामी बौद्धिक बर्गको भनाई नै कसले नै सुन्छ र ? नाकाबन्दी ताकाको जोश देख्दा त साँच्चिकै केही हुन्छ कि भन्ने नसोचेको नि हैन तर नानीदेखि लागेको बानी कहाँ जान्छ र ? हामी यस्तै त हो नि ब्रो ! भन्दै भारतबाट झन बढी सामान आयात गर्न थाल्यौँ । हुन त, हामीले आफ्नै देशमै उत्पादन गर्न नसक्ने चाहिँ होइन तर छिमेकी रास्ट्रको अर्थतन्त्रमा ह्रास आउँछ कि भन्ने चिन्ता जो छ हामीलाई । आखिर वीर गोर्खालीको मन हो अरुको कुभलो त कहाँ चिताउन सक्छौ र ?
जे होस् भारतले पनि हाम्रो भलो नचिताउने चाहिँ होइन । लकडाउनमा हामीलाइ होमवर्क पो गर्न दिएको सीमानाको प्रसङ्ग उठाएर । ठूल्दाइको कर्तब्य पालना त गर्न पर्यो नि । यही मौकामा इतिहासमा रुचि नै नहुनेले पनि सुगौली सन्धी भन्ने त जान्न पाए । आफ्नै देशका बासिन्दा भए पनि न त हामी बौद्धिक बर्गको न त सरकारको नै नजर परेकाको बारेमा एकछिन सोच्न त बाध्य भयौँ । हराएको अस्तित्व हाम्रो सामु उजागर त भयो ।
ओहो ! गफै गफमा मैले त भुल्न पो पुगेछु, अब त नयाँ ग्रुपमा पोस्ट जो गर्नु छ । आउनुस् हजुर पनि, अहिले ट्रेन्ड नै फेसबुकको छ । म लिन्क शेयर गर्छु लाइक र कमेन्ट गर्न चाहिँ नबिर्सिनु नि, आखिर मेरो यत्रो कुरा जो हजुरलाइ भनेको छु।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते