पोखरा । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको विषम परिस्थितिमा डिभाइन युथ क्लव नेपाल कास्कीले रक्तदान कार्यक्रम गरेको छ । लकडाउनका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि क्लबले रक्तदान कार्यक्रम गरेको हो ।
सामाजिक उत्तरदायित्व वहन गर्दै डिभाइन युथ क्लव नेपाल कास्की र श्यामाश्याम सत्संग पोखरा, न्युरोड शाखाको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाइटि कास्कीको प्रविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ३१ जना रक्तदाताले रक्तदान गरेका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालीका वडा नं ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले रक्तदातालाई ब्लड ब्याग हस्तान्नतरण गरेका थिए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष रुद्रनाथ बरालले निरन्तर सामाजिक सेवाका साथसथै अध्यात्ममा समेत क्रियाशिल भएको देख्दा आँफुलाइ अत्यान्यै खुसी लागेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटि कास्की सभापती डोलराज पाण्डे, रक्त्तसन्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले पनि क्लवको सेवा कार्यको प्रशंसा गर्दै रकतदातालाई धन्यवाद दिएका थिए ।

स्वामी हरिदासजीबाट गठित डिभाइन युथ क्लव नेपालले लकडाउन अवधिमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम लगायत लकडाउन प्रभावितहरुलाइ राहात वितरणको कार्यलाइ निरन्तरता दिँदै आएको क्लवका क्षेत्रीय कार्यालय पोखरा अध्यक्ष रुद्रलाल कुँवर बताए ।
देशैभर युवाहरुलाइ सामाजिक सेवा र सत्मार्ग तर्फ प्रेरित गर्दै क्लवले कास्कीमा पनि विभिन्न सामाजिक सेवा र अध्यात्मिक जागरणका कार्यहरु सन्चालन गर्दै आएको छ ।

कार्यक्रममा वडाअध्यक्ष सहित नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापती श्री डोलराज पाण्डे पोखरा रक्तसंन्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली डिभाइन युथ क्लव नेपाल क्षेत्रीय कार्यालय पोखराका अध्यक्ष रुद्रलाल कुँवर श्यामाश्याम सत्संग पोखराका कोषाध्यक्ष नारायण बराल लगायतको उपस्थिति रहको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की