काठमाडौं । राजधानी काठमाडौंको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनीमा केहीदिन अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शनिबार कोरोनाको पुष्टि भएको हो।
शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको उल्लेख थियो ।
कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पताल सिल गर्ने तयारी गरिएको छ ।
अहिले कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको मन्त्रालयल स्रोतले जनाएको छ ।
शुक्रबारसम्म नेपालमा ५४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम