परपुरुषसंग सम्बन्धको शंका गरी १५ दिनकी सुत्केरी श्रीमतीको हत्या

परपुरुषसंग सम्बन्धको शंका गरी १५ दिनकी सुत्केरी श्रीमतीको हत्या

झापाको अर्जुनधारामा धारिलो हतियार प्रहार गरी श्रीमानले सुत्केरी श्रीमतीको हत्या गरेका छन् । अर्जुनधारा–१ सिस्नेबगर टोलका २३ बर्षीय दिनेश गहतराजले १५ दिनकी सुत्केरी श्रीमती योनिता लिम्बुको दाऊ (धारिलो हतियार) प्रहार गरी हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार शुक्रबार साँझ खाटमा आराम गरिरहेकी योनितालाई गहतराजले दाउ प्रहार गरेका थिए । घाँटीको बायाँ भागमा गम्भीर चोट लागेपछि योनिताको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरीले गहतराजले श्रीमतीको अन्यसंग सम्बन्धमा शंकाउपशंका गर्दा आवेगमा आएर हत्या गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।

श्रीमतीसँगको विवादपछि आवेगमा आएर हत्या गरेको बयान गहतराजले प्रहरीसमक्ष दिएको प्रहरी निरीक्षक विष्टले बताए । श्रीमती हत्यामा संम्लग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । १५ दिन अघि योनिता सुत्केरी भएपनि शिशुको पनि जन्मेको पाँच दिनमा नै निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ