मोरङ – विराटनगर महानगरपालिका–१४ जतुवाका सत्यराम चौहानको हत्यामा छोराहरुको संलग्ना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बेलुका चौहानको शव उनकै घरभित्र कोठामा गाडेको अवस्थामा फेला परेको थियो।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार चौहानको हत्यामा २९ वर्षीय जेठो छोरा रोहित र २६ वर्षीय माइलो छोरो नागेन्द्र चौहानको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
प्रहरीका अनुसार दुवै दाजुभाइले गत शनिबार फरुवा प्रहार गरेर सत्यरामको हत्या गरेको खुलेको छ । हत्या गरेलगत्तै दुवैजनाले कपडाले बेरेर कोठाभित्रै खनेर शव पुरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।
घरमा जेठो छोरा रोहितसँग बस्दै आएका मृतक चौहानले पैसा माग्दै आएका थिए। दैनिक ज्यालामजदुरी गर्दै आएका रोहितले मागे बमोजिम रकम दिन नसक्ने जनाएपछि चौहानले घरबाट निकाल्ने धम्की दिँदा परिवारमा विवाद उत्पन्न भएको थियो। विवादकैबिच नागेन्द्र पनि घर पुग्दा रोहितले चौहानमाथि फरुवा प्रहार गरेको खुलेको छ।
सो प्रहारबाट घटनास्थलमै मृत्यु भएका चौहानको शव छिमेकले थाहा नपाउने गरि मिलेर कोठाभित्रै गाडिएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार नागेन्द्रकी श्रीमतीले घटनाका बारेमा थाहा पाएपछि बुवा घरमा नभएको भन्दै नागेन्द्र आफै बुधबार प्रहरी कार्यालयमा पुगेका थिए।
त्यसपछि पुगेको प्रहरी टोलीले घर भित्रै गाडेको अवस्थामा शव उत्खनन् गरेको हो । बुवाको हत्यामा संलग्न रोहित र नागेन्द्र दुवैलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक राईले बताए ।
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ