पोखरा । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।
संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।
देवकोटका अनुसार बाँकेमा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी धनकुटामा ५ जना नयाँ संक्रमित पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षीय पुरुष रहेका छन् भने एक जना २४ वर्षीया महिला रहेकी छन् । उनीहरु सबै हाल धनकुटामा बस्दै आएको देवकोटाले बताए ।
यसैगरी कपिलबस्तुमा १३ जना संक्रमित थपिएका छन् । जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीय पुरुष रहेका छन् । उनीहरु विजयनगरको क्वारेन्टानमा बस्दै आएकाहरु भएको देवकोटाले बताए ।
यसैगरी सोही जिल्लाको महाराजगन्ज गाउँपालिकाका ३, ४, ६ वर्षीया बालिका तथा १६, २५ र ३२ वर्षीय महिला गरी ६ जना पुष्टि भएका छन् । यस्तै १२, २२, २४ र ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी पश्चिम नवलपरासीमा १ जना पुरुष संक्रमित फेला परेका छन् । उनी सुस्ता गाउँपालिका ५ का २६ वर्षीय पुरुष रहेका हुन् । उनी बेलबानी क्वारेन्टाइनमा बस्दै आएका थिए ।
हालसम्म कोरोना निको हुनेको संख्या ४५ पुगेको छ । यस्तै २ जनाको भने मृत्यु भएको छ ।
सम्बन्धित खबर
बाढीपीडितलाई चिन्ता : जाडो सुरू भयो, अब कहाँ बस्ने ?
ओली सरकारको १०० दिनका उपलब्धि: सहकारी ठगीमा संलग्नमाथि कारबाहीदेखि कन्सर्टसम्म (पूर्णपाठ)
भिड जम्मा पारेर अदालतलाई प्रभावित पार्ने चेष्टा नगर्न रास्वपालाई ७ दलको आग्रह
कांग्रेस-एमाले मिलेर बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली
रास्वपाले न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्योः कांग्रेस
संघीय अस्पतालमा रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते