लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने सरकारको निर्णय

received_627214157875616

काठमाडौं । सरकारले लकडाउन आगामी जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सो निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिन लागेको अवस्थामा कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको निष्कर्षका साथ लकडाउन लम्ब्याउने निर्णय भएको हो ।

नेपालमा कोरोनाको जोखिम न्यूनीकरणका लागि भन्दै गत चैत ११ गतेदेखि निरन्तर लकडाउन रहेको छ ।

तर, यो बीचमा २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोनाकै कारण २ जनाको मृत्यु भइसकेको छ ।

सरकारले लकडाउनको समयसीमा थप गरेको यो पाचौं पटक हो ।

यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्मको लागि लकडाउन गरेकोमा त्यसपछि बढाएर चैत २५ गतेसम्म पुर्याइएको थियो ।

यसैगरी त्यसपछि पुनः जेठ ३ गतेसम्म बढाएकोमा त्यसपछि पनि सरकारले वैशाख १५ गतेसम्मका लागि लकडाउन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ