पोखरा । नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ ।
बाँकेका २५ वर्षीय युवाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका थिए ।
गएराति उनको स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा उनको क्वारेन्टाइनमै मृत्यु भएको देवकोटाले बताए ।
कोरोना परीक्षणका लागि उनको स्वाब लिइएकोमा नतिजा पोजेटिभ आएको देवकोटाले बताए ।
योसँगै देशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।
यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो
सम्बन्धित खबर
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम