थप ६ जनामा कोरोना संक्रमण: सिराहामा पनि भेटियो, नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुग्यो

थप ६ जनामा कोरोना संक्रमण: सिराहामा पनि भेटियो, नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुग्यो

पोखरा । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् ।

बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, , पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर-४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली–१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ