ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ६ का वडाध्यक्ष हिटलर शाक्यले कोठा भाडामा बस्नेहरुका लागि कडा शैलीको आदेश जारी गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै ललितपुर वडा नंबर ६ मा काठमाडौं बाहिरबाट कोठा भाडामा बस्नेलाई रोक लगाएका हुन् ।
बिहिबार वडा कार्यालयको तर्फबाट एक सूचना जारी गर्दै आफ्नो वडामा कोठा भाडामा लिई बस्नेलाई लकडाउनको समयमा बाहिरबाट आएमा कोठा प्रवेशमा रोक लगाइएको जनाएका छन् ।
यस्तै कोठा भाडामा बस्नेहरु घर गएको भए उनीहरुलाई नर्फिकनका लागि फोन गरेर जानकारी गराउन घरधनीहरुलाई आग्रह गरेका छन् ।
घरधनीहरुले सूचना लुकाई भाडामा बस्नेहरुलाई प्रवेश दिएमा त्यस्ता घरहरुमा ताला लगाई शिल गरिने, क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले बेहोर्नुपर्ने र संक्रमित भएको प्रमाणित भएमा घरधनीले क्षतिपूर्ति तिुर्नपर्ने चेतावनी समेत दिएका छन् ।
साथै आफ्नो टोलभित्र बाहिरी मानिसहरुको आवतजावत रोक्न र निश्चित समयमा व्यापार गर्न पनि आदेश दिएका छन् ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते