काठमाडौँका ७ वर्षीय बालकसहित थपिए तीन नयाँ संक्रमित

काठमाडौँका ७ वर्षीय बालकसहित थपिए तीन नयाँ संक्रमित

Corona Positive Kit

काठमाडौँ- नेपालमा तीन नयाँ कोरोना भाइरस संक्रमित थपिएसँगै संक्रमितहरुको कुल संख्या २४९ पुगेको छ।

काठमाडौँ, जनकपुर र धादिङमा नयाँ संक्रमित थपिएका हुन्।

काठमाडौँ दहचोकका ७ वर्षीय बालक, धनुषाकी १६ वर्षीया किशोरी र धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरससको संक्रमण बिहीबार बेलुकी पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

टेकुस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्ने क्रममा यी तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ