वीरगञ्जमा कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै लाग्यो कोरोना

वीरगञ्जमा कोरोना संक्रमितको उपचारमा संलग्न नर्सलाई नै लाग्यो कोरोना

Nurse

वीरगञ्ज । वीरगञ्जस्थित कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको छ । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरु मध्ये ३६ वर्षीया महिला नर्स हुन् ।

अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए ।

अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमण देखिएको नर्समा कुनै पनि लक्षण पनि देखिएको छैन र उनको अवस्था सामान्य छ ।

यसअघि कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ